Section 15
पदीय मर्यादा तथा आचरण पालना गर्नु पर्ने
  (१) आयोगका अध्यक्ष तथा सदस्यले देहाय बमोजिमको पदीय मर्यादाको पालना गर्नु पर्नेछः – (क) खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसङ्ख्यक एवं सीमान्तीकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णालीमा बसोबास गर्ने तथा आर्थिक रूपले विपन्न वर्ग लगायतका समुदायको हक, हितको संरक्षण र सम्बद्र्धन गर्न तथा सो वर्ग र समुदायको सशक्तिकरणको लागि स्वतन्त्र, निष्पक्ष र इमान्दारीपूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्र्नेे,
(ख) विभिन्न जातजाति, समुदाय तथा सम्प्रदाय बीचको   सम्बन्धमा खलल् पर्ने कुनै काम नगर्ने,
(२) आयोगका अध्यक्ष तथा सदस्यले यो ऐन वा प्रचलित कानून बमोजिमको पदीय आचरणको पालन गर्नु पर्नेछ ।